Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन,म्यानपावर एजेन्ट पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले रोजगारीको विभिन्न प्रलोभन देखाएर विदेशमा मानव बेचबिखन गर्ने दुई एजेन्टलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर घर भई टोखा नगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीय रवि थापामगर भनिने लालबहादुर मगर र इलाम घर भई काठमाडौं–९, शम्भुमार्ग बस्ने ४१ वर्षीय डम्बर मगर रहेका छन् ।

एजेन्टले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसमा मासिक १२० कुवेती दिनार पारिश्रमिकमा काम लगाइदिने, अमेरिका र पोर्चुगलको रेष्टुरेन्टमा पठाइदिने प्रलोभन देखाएका थिए ।

पीडितलाई २०७१ मंसिर २६ गते भिजिट भिसामा दुवई हुँदै कुवेत पु¥याइएको थियो । कुवेतमा अर्का एजेन्टमार्फत १३०० कुवेती दिनारमा पीडितलाई बिक्री गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

आफन्त प्रहरीको सम्पर्कमा आएपछि ब्‍युरोले कुवेतमा रहेको नेपाली राजदूतावाससँग समन्वय गरेको थियो। समन्वय गरी पीडितलाई गत माघ ४ गते कुवेतबाट उद्धार गरी नेपाल फिर्ता ल्याइएको थियो।

नेपाल फिर्ता आएपछि पीडितले एजेन्टहरूविरूद्ध माघ १० गते जाहेरी दिएका थिए।  अहिले उनीहरूविरूद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पीडितलाई १८ घन्टा काममा लगाएर शारीरिक तथा मानसिक यातना दिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077