काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले १५ वर्षीय बालिका र २० वर्षीय युवतीलाई नंखेलको जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा दुुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्रहरीले मुगु घर भई हाल पलाँसे बस्ने २१ वर्षीय भक्त नेपाली र हुम्ला घर भई हाल सुर्यविनायक बस्ने १९ वर्षीय गगन परियार रहेका छन् ।
उनीहरुले एकै समय बुधबार साँझ सुर्यविनायक नगरपालिका-९ नंखेलस्थित लाकुरी भन्ज्याङ बन्देश्वरी जंगलमा जबरजस्ती करणी गरेको प्रहरीले बतायो ।
नेपालीले मुगु घर भई हाल थानकोट बस्ने १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ भने परियारले डेकोचा बस्ने २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ ।
नेपाली र परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।