Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कारागारभित्रै लागुऔषधको कारोबार गरेको गुनासोपछि ३० प्रहरीको जिम्मेवारी खोसियो

कैलाली । जिल्ला कारागार कैलालीका प्रमुखसहित ३० जना प्रहरीको जिम्मेवारी खोसिएको छ ।

कारागारभित्र लागुऔषधको कारोबार गरेको गुनासोपछि उनीहरुलाई फिर्ता बोलाइएको हो ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको छ ।

उनीहरुको ठाउँमा बिहीबार नयाँ प्रहरी कर्मचारी पठाइएको छ । जेलर नरबहादुर थापाको पनि सरुवा प्रक्रिया अघि बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077