Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद अरुण चौधरीको रिहाइ गर्न नाउपाको २४ घन्टे ‘अल्टिमेटम’

    सांसद अरुण चौधरीको रिहाइ गर्न नाउपाको २४ घन्टे ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 477
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ ।

    सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको हो । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् ।



    थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ ।



    १३ वर्ष पूरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय सुनाइएका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार