Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगर प्रहरी प्रमुख पाण्डेले शारीरिक हिंसा नगरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । महिला नगरप्रहरी हवल्दारलाई सुत्केरी बिदा नदिएको तथा दुर्व्यवहार गरेको आरोप लागेका काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेले हिंसा नगरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाउँदै नगर प्रहरी प्रमुख पाण्डेले महिला नगरप्रहरी हवल्दारलाई हिंसा नगरेको ठहर गरेको हो ।

काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीका अनुसार छानबिन समितिले २० पेजको प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदन अनुसार नगर प्रहरी प्रमुख पाण्डेले महिला नगरप्रहरी हवल्दारलाई शारीरिक हिंसा नगरेको उनले बताए । तर मानसिक रूपमा तनाव हुने गरी गालीगलौज गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा राजु पाण्डेलाई फेरि यस्तो नहोस् भनेर चेतावनी दिइएको छ । गत पुस ८ गते महानगरले छानबिन गर्न समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077