Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल अष्ट्रेलियातर्फ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया गएका छन्। नेपाली फुटबल खेलाडी विदेश पलायन हुने शृंखला जारी रहँदा राई पनि अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

राष्ट्रिय टिमका सदस्य समेत रहेका विशालले मच्छिन्द्र फुटबल क्लबबाट 'ए' डिभिजन लिग खेल्दै आएका छन् । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।

बिदाइ गरेको फोटो राख्दै मच्छिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्ठले लेखेका छन्, ‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहनेछ । विशाल भाइलाई उज्ज्वल भविष्यको कामना । तिम्रो अष्ट्रेलिया बसाइ सुखद एवं फलदायक रहोस्।’

सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै गर्दा अष्ट्रेलिया लागेका हुन्। नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077