Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्राइडे रिलिज : हलमा जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’

काठमाडौं । नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ ।

पर्वत र कास्कीमा विभिन्न स्थानमा छायाङ्कन भएको फिल्ममा नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेटिएको छ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।

फिल्ममा रिजाल स्वयंमको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ । फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077