Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको २० लाख रूपैयाँसहित एकजना पक्राउ

पर्सा। पर्सामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्यामकिशोर प्रसाद साह छन् ।

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको सो रकमसहित उनी पक्राउ परेका हुन् ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077