Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंक अकाउन्ट ह्याक गरी चोरी गर्ने गिरोहका ८ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

उनीहरूले ललितपुरका हरि ढकालको एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको पत्ता लागेको प्रहरी परिसर ललितपुरले बताएको छ । उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाईल थान, ल्यापटप र एटीएम कार्ड बरामद भएको छ ।

उनीहरुले नेपाली गर्ल एपको सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गराउने र त्यहाँ क्लिक गरेपछि टाढा चोरी गरेर सिस्टम ह्याक गरी ठगी गर्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077