Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूमि आयोग खारेजीको माग गर्दै ज्ञापनपत्र

काठमाडौं । सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले राष्ट्रिय भूमि आयोग खारेजीको माग गरेको छ ।

काठमाडौं उपत्यकाका नदी किनारमा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा आयोगले हस्तक्षेप गरेर रोकेको भन्दै त्यसको विरोधमा ताहचलमा रहेको आयोग कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका समितिका पदाधिकारीले आयोग खारेजीको माग गरेका हुन् ।

आयोगका पदाधिकारीले बागमती किनारामा बसेका नागरिकको छातिमा डोजर चलाएर बस्ती खाली गर्न नपाउने बताएपछि संघर्ष समिति गठन गरेर आयोगको विरोधमा कार्यक्रम चलाएको हो ।

उपत्यकाका नदी किनारा खाली गराउने अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको योजनामा हस्तक्षेप नगर्न समितिले आयोगलाई चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077