Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्‍धान आयोगले संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख कमोद तिवारीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले हालका समेत कार्यालय प्रमुख रहेका कमोद तिवारी,तत्कालीन नायवसुब्बा शम्भु साह रौनियार तत्कालीन खरिदार शिवप्रकाश साह तेली, तत्कालीन खरिदार रिन्ता कुमारीसहित चारजनाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै,मतियारको रुपमा वीरगंज महानगरपालिका ३१ का शेष सफि अहमद र शेख साजिद एकबालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ। उक्त जग्गा शेष सफी अहमदको नाममा लैजाने क्रममा गलत श्रेस्ता कायम गरेको पाइएको अख्तियारको ठहर छ।

अख्तियारले पर्साको वेल्वा गाउँपालिका ८ स्थित युवा स्पोर्ट्स क्लबको जग्गा व्यक्तिको नाममा गैरकानुनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएकाले कार्यालय प्रमुख तिवारीसहित ६ जनाविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भण्डारीका अनुसार उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम कसूर तथा सजायको माग दावीसहित आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077