काठमाडौं । पछिल्लो साता उच्च विन्दुमा पुगेको सुनको मूल्य यो साता भने ओरालो लागेको छ।
आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको जानकारी दिएको छ ।