Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी अर्यालले उम्मेदवारी दिँदै

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् ।

उनी सत्ता गठबन्धनको तर्फबाट उमेदवार बन्न लागेकी हुन् । संसद सचिवालयकाअनुसार उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ ।

उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्। माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् । गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिन लागेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक(फरक पार्टीबाट हुनुपर्ने कानुनी व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल एमाले हो । उसका १६ जना सांसद छन् । राष्ट्रिय सभाको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना सांसद छन् भने तेस्रो दल कांग्रेसका १० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077