हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार दिउँसो २ बजे बस्न लागेको हो ।
प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।
मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ ।
बैठकले सभामुख र उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसँगै ५ वटा अध्यादेश स्वीकृत गरेको छ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादी पार्टीका ७ , राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ गरी १ सय १० जना प्रदेशसभाका सदस्य छन्।