Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पद्मभूषणबाट सम्मानित गायिका वाणी जयराम घरमा मृत फेला

एजेन्सी । भारतीय गायिका वाणी जयरामको मृत्यु भएको छ।

७७ वर्षकी गायिका वाणी शनिबार बिहान चेन्नईस्थित आफ्नो घरमा मृतक भेटिएकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन।

मिडिया रिपोर्टका अनुसार केही समय अघि उनको टाउकोमा चोट लागेको थियो जसका कारण उनी धेरैजसो बिरामी भइरहन्थिन् ।

सन् १९४५ मा तमिलनाडुको वेल्लोरमा जन्मिएकी वाणीको वास्तविक नाम कलैवानी थियो । वाणीले आफ्नो करियरमा तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूसमेत १९ भाषामा १० हजारभन्दा बढी गाएकी छन्।

वाणी जयरामलाई पद्म भूषण अवार्ड २०२३ बाट सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077