Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू अहिले जारी संसद् बैठकमा सहभागी भएका छैनन् ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेकाले उनीहरू संसद् बैठकमा सहभागी नभएका हुन् ।

आजको बैठकबाट सरकारमा रहने वा छाड्ने विषयमा निर्णय गरिने बताइएको छ ।

यसअघि शनिरबार राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो। आइतबार बिहान रविले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए।

गृह मन्त्रालय पाउनपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ।

रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077