Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सम्पति शुद्धिकरण कानुन अघि बढाउन सांसद पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा ल्याउन माग गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी संदद बैठकको शून्य समयमा बोल्दै उनले विधेयक संसदमा ल्याउन माग गरेका हुन्।

पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताए ।

पौडेलले यथाशिघ्र विधेयकलाई संसद्‌मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन माग गरे ।

उनले घुमाउरो बाटोबाट अस्थायी समाधान खोजेर मात्रै नपुग्ने जिकिर गर्दै भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायत विषयका लागि कडा कानुन बनाएर उचित मार्ग खोज्नु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077