Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • कांग्रेस उपसभापति गुरुङ भन्छन् –गफ नगरौँ, इमान्दार भएर काम गरौँ

    कांग्रेस उपसभापति गुरुङ भन्छन् –गफ नगरौँ, इमान्दार भएर काम गरौँ

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 444
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए ।



    ‘नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ’, उनले भने, ‘देश बनाउन कर्मशील र इमान्दार नेताको आवश्क छ ।’



    संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको गुरुङको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार