Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सत्ता गठबन्धन अस्थिरता रोक्न एकमत भएको छ : केपी ओली

    सत्ता गठबन्धन अस्थिरता रोक्न एकमत भएको छ : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 957
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन अस्थिरता रोक्न एकमत भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको टिप्पणी गरे । ओलीले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा गर्न नपाएको बताउँदै नयाँ संविधान जारीपछि पनि उही अवस्था कायम रहेको टिप्पणी गरे ।



    अध्यक्ष ओलीले भने– ‘हामीले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको छ । २००७ सालपछि कुनै पनि प्रधानमन्त्रीले ५ आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्न सकेको छैन ।



    २०१५ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री समेत २ वर्षमै अपदस्त भए र थुनामा परे । हामीले नयाँ संविधान जारी गर्‍यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो ।

    हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।’

    अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरू मिलेर आत्मविश्वासका साथ निडरताका साथ नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि सङ्कल्प गर्न आग्रह गरे । उनले राजनीतिक अस्थिरताको अन्य गरी मुलुकमा राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गराउन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार