Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न नेकपाका महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा आइतबार साँझ बालुवाटार पुगेका हुन् । यस्तै भेटमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।

विप्लवले बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।

विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न गत शनिवार काठमाडौँ आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077