Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावलले भने - रविको जाँच गरौं,इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्‍न

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिक सिद्धान्त र मर्यादामा विश्वास गर्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् नेता रावलले यस्तो बताएका हुन्। आइतबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिडियामाथि खनिएका थिए। सोही कुरालाई लिएर नेता रावलले यस्तो टिप्पणी गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।

आलोचना सुन्छ। सत्य तथ्य अ‍ौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौँ।’

पत्रकार सम्मेलनका क्रममा हिजो लामिछाने मिडियामाथि खनिएका थिए। सञ्चारमाध्यमले निरन्तर आफूमाथि प्रहार गरेको भन्दै केही सञ्चारमाध्यम र सम्पादकको नामै लिएर गलत समाचार लेखे आफू सहेर नबस्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077