Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु

बझाङ । ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु भएको छ।

बझाङको केदारस्यूँ गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक भएको दुर्घटनामा अन्दाजी २० वर्षकी युवतीको मृत्यु भएको हो।

धनगढीबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालबाहक ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक महिला एक प्राइभेट कम्पनीमा काम गर्ने र फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ।

मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077