Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैशाख १ मा सुरक्षा र नरेनको ‘बुलाकी’ रिलिज हुने

काठमाडौं । नेपाली फिल्म ‘बुलाकी’ आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

यसअघि फागुन १९ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको फिल्म डेढ महिना पछि प्रदर्शनमा आउने भएको हो ।

लक्ष्मण सुनारको निर्देशन रहेको ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा छन् । स्वं. मोति विष्ट प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् ।

डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

कर्णाली भेगको जनजीवन तथा जारी प्रथा चलचित्रको मुख्य विषय हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077