Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मिनभवन कमर्स क्यापसमा नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

काठमाडौं । काठमाडौंको मिनभवन कमर्स क्याम्पसमा (एनसिसी) कलेजमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।

सोमबार दिउँसो नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच ढुंगा हानाहान भएको हो।

नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो। शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए ।

सोमबार दिउँसो ११ बजेका लागि स्ववियू निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रममा आयोजना गरिएको थियो। शेखर समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेको बताइएको छ ।

आफूहरू बिहानै ११ बजे भेला भएकोमा तपाईँहरू कलेजमा आउनुपर्दैन भन्दै नियोजित तरिकाले गुटगत स्वार्थको आधारमा पूर्वाग्रह र रिस साँधेर क्याम्पस छिर्न नदिएको शेखर समूहका विद्यार्थीको आरोप छ ।

सोक्रममा ढुंगामुढासमेत गरिएको छ । अहिले क्याम्पस परिसरमा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077