Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काँकडभिट्टा नाकाबाट तीन थान एयर गनसहित चार भारतीय पक्राउ

झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षीय बिट्टु सरकार एयर गनसहित पक्राउ परेका हुन् ।

मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट अगाडि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाको संयुक्त प्रहरीले टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077