Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण

काठमाडौं । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।

खरिद गरिएका उपकरणको १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १५ प्रतिशत भन्सार शुल्कबापतको रकम लिई छाडेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

‘सामान सधैं रोकेर राख्न पनि मिलेन,’ कार्यालय प्रमुख अरूण पोखरेलले भने, ‘अन्य निकायलाई छानबिनका लागि पत्राचार गरी राजस्व लिएर उपकरण छाडेका हौं।’

धेरै मूल्यांकन गरेर विदेशी मुद्रा विदेश पठाउन खोजेको आंशका लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई छानबिन गर्न लेखी पठाएको भन्सार प्रमुख पोखरेलले बताए ।

पोखरेलका अनुसार भन्सार ऐनको १३ ९२०० मा भएको व्यवस्थाअनुसार थप अनुसन्धानका लागि अन्य निकायलाई पत्राचार गरिएको हो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077