Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन्।

शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे सहभागी थिए।

माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077