काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार १०० रुपैयाँ कायम छ ।
त्यसैगरी, मङ्गलवार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
मङ्गलवार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।