Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

छोरीको हत्या गरेको कसुरमा आमालाई जन्मकैद

दैलेख । दैलेख जिल्ला अदालतले तीन वर्षकी नाबालिग छोरीलाई विष खुवाइ हत्या गरेको कसुरमा आमालाई जन्मकैद फैसला गरेको छ ।

अदालतले मंगलबार २२ वर्षीया हरिमाया रावलले एक वर्षअघि माइतीघर दैलेखको गुराँस गाउँपालिका २ लम्चुरीमा नाबालिग छोरीको हत्या गरेको भन्दै जन्मकैदको सजाय सुनाएको हो ।

अदालतका स्रस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीका अनुसार तीन वर्षीया छोरी मुना सार्कीलाई विष खुवाई हत्या गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ती महिलालाई मुलुकी अपराध संहिताको दफा १३७ बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय भएको हुनेछ ।

घरमा असमझदारी भएपछि माइतीघरमा बस्दै आएकी हरिमायाले भाउजुसँगको विवादमा पीडा बोध गरी आफू र छोरी सँगै मर्ने उद्देश्यले २०७८ माघ २७ गते तरकारीमा छर्नका लागि घरमा राखिएको 'मेटासिटड' विषादी खाएकोमा उपचार चल्दै गर्दा फागुन ४ गते छोरीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077