Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की निर्वाचित

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् ।

गतिशील समूहका डा. सन्तोष पौडेललाई हराउँदै कार्की विजयी भएका हुन् । कार्कीले ३ हजार ५३७ मत ल्याए ।

पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

निर्वाचन समितिका अनुसार मतदानमा कुल ६ हजार २ सय ९१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077