Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन् २०३० को विश्वकप आयोजनाका लागि चार देशले गरे संयुक्त प्रस्ताव

काठमाडौं । सन् २०३० मा हुने फिफा विश्वकप आयोजनाका लागि चार देशले संयुक्त रुपमा प्रस्ताव पेस गरेका छन् ।

अर्जेन्टिना, चिली, पराग्वे र उरुग्वेले फिफा विश्वकप आयोजनाका लागि आधिकारिक रुपमा प्रस्ताव पेस गरेका हुन् ।

यी चार देशले विश्वकप सुरुआत भएको १०० वर्षपछि ‘फुटबल जहाँ जन्मिएको हो त्यही पुग्नु पर्ने’ भन्दै आयोजनाको प्रस्ताव पेस गरे । विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेको राजधानी मन्टेभिडियोमा आयोजना भएको थियो ।

अर्जेन्टिनी फुटबल एसोसियसन (एएफए)मा आयोजना भएको प्रस्ताव कार्यक्रममा उपस्थित दक्षिण अमेरिकन फुटबल महासंघ (कोन्मेबोल)का अध्यक्ष अलेजान्ड्रो डोमिनग्वेजले सन् २०३० को विश्वकप आयोजना अधिकार दक्षिण अमेरिकालाई दिएर फिफाले ‘महान कार्यको उदाहरण’ दिन सक्ने प्रतिकृया दिए ।

फिफाले सन् २०२६ को विश्वकप अधिकार भने उत्तर अमेरिकाका तीन राष्ट्र मेक्सिको, अमेरिका र क्यानडालाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077