Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नायिका करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफुविरुद्ध जथाभावी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्यूरोमा उजुरी हालेकी छन् ।

उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफुलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउदै उजुरी दिएकी हुन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

नायिका मानन्धरले आफू आफ्नो संसारमा खुशी रहेको भन्दै आफूलाई अनेक लाञ्छना लगाउँला कलाकारहरूलाई यस्तै भन्छन्, भनेरे सहे पनि अब भने अति भए पछि उजुरी हालेको उनले लेखेकी छिन्।

उनले भनेकी छिन्, 'हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077