Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराएरै छाड्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले राष्ट्रपतिमा अघि सार्ने उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका छन्।

लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले एमालेले अघि सारेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका हुन्।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे।

महामन्त्री थापाले भने, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं। कोसिस गर्छौं, लाग्छौँ–लाग्छौँ । स्वाभाविक होनित। कुनै अस्वाभिाक हो र? आँखा लाउलास् भन्नुहुन्छ। लाउँछौँ, आँखै लाउँछौँ। भोटै माग्छौँ। फकाउँछौँ। मिलाउने कोसिस गर्छौँ। हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोसिस गर्छौँ।’

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077