Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवले भने - जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

उनले भने, ‘व्यवस्थाको विरुद्ध हामी लड्यौं । जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको छ । जेलमा रहेको कांग्रेसलाई हामीले सडकमा ल्याएको होइन ? माधव नेपाल र केपी ओलीहरु त्यतिवेला दुलाभित्र बसेका थिए । हामीले हो मुक्त गरेको ।’

अहिले सहिद परिवार र माओवादीहरुलाई अपराधी जस्तो ठानेकोप्रति उनले आक्रोश पोखे । विप्लवले दलाल र माफियाको विरुद्ध आफूहरु संघर्षमा जाने बताए ।

उनले सरकार र सरकार बाहिर रहेका दलहरुसँग बहस गरेर विचार मिल्नेसँग एकता र नमिले कार्यगत एकता गर्नेगरी अघि बढेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077