Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको उपाध्यक्षमा अग्नि र पम्फा मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा दुईजनालाई मनोनीत गरेको छ ।

हालै सम्पन्न स्थायी समिति बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष बनाएको हो ।

भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् ।

यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो ।

माओवादीमा कृष्णबहादुर महरामात्र उपाध्यक्ष रहेकोमा पार्टीमा अब तीनजना उपाध्यक्ष भएका छन् । स्थायी समितिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समिति पनि टुंग्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077