Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदुरपश्चिमको नयाँ मुख्यमन्त्री बन्दै कांग्रेसका कमल शाह

कैलाली । नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएसँगै काँग्रेस संसदीय दलका नेता शाह आजै मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

बिहिबार बसेको बैठकमा सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सकेनन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्न लागेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077