Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वन्यायाधीश उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर, तीन हजार जरिवाना

काठमाडौं । विशेष अदालतले पूर्वन्यायाधीश ओमकार उपाध्यायलाई नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला दिएको हो ।

तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो ।

सोही मुद्धामा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077