Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुदूरपश्चिम सरकार ढलेपछि रञ्जिताको टिप्पणी – विचारमा कटिबद्ध छौँ, प्रयोग गर्ने साधन होइनौं

    सुदूरपश्चिम सरकार ढलेपछि रञ्जिताको टिप्पणी – विचारमा कटिबद्ध छौँ, प्रयोग गर्ने साधन होइनौं

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 654
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरु विचारमा कटिबद्ध रहेको बताएका छन् ।

    सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएकी हुन् । उनले आफूहरू विचारमा कटिबद्ध रहेको र सबैले प्रयोग गर्ने साधन नबन्ने स्पष्ट पारिन् ।



    उनले राज्य अझै टीकापुर घटनाप्रति अनुदार भएको आरोप लगाइन् । उनले लेखेकी छिन्’ ‘हामी विचारमा कटिबद्ध छौँ,सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रोपनी सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन त्यसैले जनभावनाको कदर गरौँ । जनमतको कदर गरौ !



    अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ । मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ। तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं । राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार