Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फ्राइडे रिलिज : हलमा लागे ‘मनसँग मन’ र ‘आँधी तुफान २’

काठमाडौं । आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘मनसँग मन’ र ‘आँधी तुफान २’ अल नेपाल प्रदर्शनमा आएको छ ।

‘कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’मा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झागायतको अभिनय छ ।

लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा आधारित छ ।

त्यस्तै, मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधीतुफान २’ एक्सन बिषयमा बनेको फिल्म हो ।

फिल्ममा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय छ ।

मदन घिमिरेद्वारा निर्देशित यो फिल्मले महिला सशक्तिकरणको विषय उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077