Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित, डलर तस्करीमा मुछिएका श्रेष्ठको योजना असफल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको पर्यटन मन्त्रालले बतायो ।

ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए । ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको बताइएको छ। उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।

यता, एयरपोर्टमा डलर तस्करी गर्दा गर्दै पक्राउ परेका सुवास श्रेष्ठा भने उनैठाकुरलाई महाप्रबन्धकबाट महानिर्देशक बनाउन शक्ति केन्द्र धाईरहेका थिए । ठाकुर निलम्बनमा परेपछि ठाकुरलाई बोकेर शक्ति केन्द्रमा धाईरहेका श्रेष्ठको प्रयास असफल भएको छ । सुवास श्रेष्ठ डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते विमानस्थबाट पक्राउ परेका थिए ।

[insert page='122012' display='yopanipadhnuhos.php']

उनै श्रेष्ठलाई महाप्रवन्धक ठाकुरले नै विमानस्थलको हवाई सुरक्षा महाशाखाले स्टेराइल क्षेत्रसम्मको पास दिलाएका थिए । विमानस्थलको स्टेराइल क्षेत्रमा निर्माणाधिन एयरपोर्ट टी, कफी एण्ड कन्फेक्सनरी सप प्रालिको नामको पास लिएर श्रेष्ठले निर्वाध रुपमा अवैध धन्दा चलाइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

जबकी उक्त कफीसफ गोपालबाबु श्रेष्ठको नाममा सञ्चालित छ । कानूनी रुपमा सुवास श्रेष्ठले उक्त पास लिनै पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077