Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा नेकपा एस सरकारमा सहभागी हुँदै, नरेश शाहीलाई मन्त्री बनाउने

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने भएको छ ।

बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए ।

उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि शुक्रबार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कमल शाहले आज शपथ लिँदैछन् ।

यसैबीच, कांग्रेसबाट पनि एक मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077