Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो: समीक्षा बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झपड भएको बताएकी छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बाँस्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् ।

पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजिएको भन्दै उनले आफूहरूले पार्टीको अस्तित्व बचाएर चुनावमा गएकोसमेत बताइन्। पूर्वअध्यक्ष मिश्रलगायत विवेकशील साझा छाडेर केही नेताहरू राप्रपामा प्रवेश गरेका थिए।

बाँस्कोटाले आफूहरू ऊर्जासहित महाधिवेशनमा होमिएको बताइन्। विवेकशील साझाले स्थानीय चुनावमा नराम्रो हार व्यहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए ।

झण्डै तीन महिना नेतृत्वबिहीन भएको विवेकशील साझामा बाँस्कोटा अध्यक्ष बनिन् । त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077