Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म 'प्रेमा' को टिजर सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात् ३१ मार्चमा रिलिज हुँदैछ ।

‘महापुरुष’ फेम्ड अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर अरुण र शुभेच्छाको प्रेम सम्बन्धसँगै थालनी हुन्छ । कथावस्तुअघि बढ्दै जाँदा यी दुई चरित्रमा सृष्टिको प्रवेश हुन्छ ।

सम्भवतः दुईबीचको प्रेममा हुने तेस्रो व्यक्तिको प्रवेशको कथावस्तुमा फिल्मले फन्को मारेको छ ।

फिल्ममा बिमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बाँस्तोला लगायतको पनि अभिनय छ ।

https://youtu.be/L5dtyIl7rbc

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077