Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चन्द्र भण्डारी भन्छन्- कानुनले काम गरेको भए नेपालको धेरै नेता अहिले जेलमा हुन्थे

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए ।

उनले भने, ‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ। यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्‍यौँ।

तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे। नेपालमा कानुनले काम नै गरेन। आत्मसमर्पण गरे। यो एउटा पक्ष छ। हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ।’

उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए । उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टीलगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077