Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट १७ हजार पाउन्डसहित ब्रिटिस नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जान लागेका एकजना ब्रिटिस नागरिक १७ हजार पाउन्डसहित पक्राउ परेका छन् ।

भिस्तारा एयरलाइन्सको विमानबाठ काठमाडौंदेखि दिल्ली जान लागेका एकजना ब्रिटिस नागरिक प्रबिनसिंह बडु करिब २८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरीका अनुसार विमानस्थलको प्रस्थान कक्षको ह्यान्ड ब्यागेज क्षेत्रबाट उनी पक्राउ परेका हुन् ।

उनीसँगै रामेछापका हितबहादुर खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानका लागि दुवै जनालाई महानगरीय प्रहरी वृत्त गौशलामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077