Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको श्री लोकप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सुनिता रावलसहित २ जनाविरुद्ध रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार अध्यक्ष रावल र कर्णाली जनजागृति समाज नेपालका अध्यक्ष सदानन्द भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अध्यक्ष रावलले विद्यालयको पुस्तकालय निर्माण गर्दा आधिकारिक रुपमा दर्ता नै नभएको कर्णाली जनजागृति समाजसँग अनलाइन सम्झौता गरी रकम हिनामिना गरेको आरोप लगाएको छ ।

चिनजान नै नभएका भट्टराईलाई सम्झौतावापतको पैसा पठाएर भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि समेत भएको अख्तियारको आरोप छ ।

यस्तो छ प्रेस विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077