Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिकित्सक संघको २४ घन्टे 'अन्टिमेटम' - डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्नू

काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम दिएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरभित्रै प्रहरीले लाठीचार्ज गरी गम्भीर घाइते बनाएको थियो ।

सोही घटनाका दोषीलाई कारबाही नभए भोलि आकस्मिक बैठक बसेर आन्दोलन घोषणा गर्ने संघले चेतावनी दिएको हो ।

संघले एक विज्ञप्ति जारी गर्दै आफ्ना आजीवन सदस्य रहेका डा. सिंहमाथि लाठीचार्ज गर्ने प्रहरीलाई “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संधोधन ऐन २०७९” बमोजिम कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसरभित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद् र अस्वभनीय कार्य भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077