Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अख्तियारमा ६ महिनामा ९ हजार उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने क्रम बढेको एक तथ्यांकले देखाएको छ।

भ्रष्टाचार अवधारण सूचांकले पनि नेपालको अवस्थामा खासै सुधार नभएको देखाइरहँदा उजुरीका चाङ पनि बढ्ने क्रममा रहेको अख्तियारकै तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७९/०८० को साउनयता उजुरी दिनेको संख्या अत्यधिक बढेको आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई बताउँछन्। ‘पछिल्लो आर्थिक वर्षमा उजुरी पर्ने क्रम धेरै बढेको छ। साउनयता मात्रै ९ हजार बढी अनियमितता र भ्रष्टाचारका उजुरी परे,’ प्रमुख राईले भने।

अख्तियारका अनुसार साउनयता मात्रै ९ हजार ५ सय १३ उजुरी आयोगमा दर्ता भएका छन्। साउनमा २ हजार ९०, भदौमा १ हजार ६ सय ९८ र असोजमा १ हजार १ सय ५२ उजुरी परेका थिए ।

त्यस्तै, कात्तिकमा ९ सय २९, मंसिरमा ९ सय ३८, पुसमा १ हजार ३ सय ३२ र माघको हालसम्ममा १ हजार ३ सय ७४ उजुरी परेको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा २४ हजार २ सय ४१ उजुरी परेका थिए। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077