Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसदहरुलाई राष्ट्रपतिले बोलाइन् शीतल निवास, सांसदलाई बधाइ तथा शुभकामना दिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा डाकेकी छिन् ।

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन् ।

दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिइएको राष्ट्रपतिका कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई डाकेको बताइएको छ । भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077