Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिकित्सकमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही होस्, राष्ट्रपतिले माफी माग्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै चिकित्सकमाथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गरेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुटिए चिकित्सकसँग माफी माग्न अनुरोध गरे । ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’

शुक्रबार राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. जनीथ सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077